धनगढी: बैतडीको सिगास गाउँपालिकाकी उपाध्यक्ष धाना धामीले ‘सी लिड्स आइकन अवार्ड’ पाएकी छन्। उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड प्रदान गरे।
आइकनका लागि देशभरिबाट १४० जना आवेदकमध्ये २७ जना महिला जनप्रतिनिधि प्रतिस्पर्धामा छानिएका थिए। स्थानीय तहमा प्रभावकारी काम गर्ने २७ जना महिला जनप्रतिनिधिलाई ‘सी लिड्स आइकन’ सम्मान र तीमध्ये उत्कृष्ट तीन जना महिला जनप्रतिनिधिलाई ‘सी लिड्स आइकन अवार्ड’ प्रदान गरिएको हो।
उपाध्यक्ष धामीले आइकन अवार्डले सामाजिक काम गर्ने थप हौसला बढेको र आफूलाई सामाजिक तथा राजनीतिक कार्यमा शसक्त भएर लाग्न थप प्रेरणा मिलेको बताइन्। नेपाली महिला जनप्रतिनिधिका सुकर्मलाई प्रवर्धन गर्ने उद्देश्यले कल्प एम्पावर वेमेन नेपालले सो कार्यक्रम आयोजना गरेको थियो।
Facebook Comments Box