काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव उपरीक्षक (डीएसपी) पूर्णिमाकुमारी चन्दलाई दिइएको छ।
परिसरका प्रमुख एसएसपी वसन्त रजौरेले बुधबार एक सूचना जारी गर्दै डीएसपी चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको बताएका छन्।
यसअघि प्रवक्ता रहेका नवराज अधिकारी एसएसपीमा बढुवा भएर आज बुधबार मात्रै दज्र्यानी चिन्ह लगाएका थिए। त्यसपछि परिसरको प्रवक्ता खाली भएको थियो।
चन्द प्रहरी वृत्त स्वयम्भूमा काम गरेर केही समयअघि मात्रै परिसरमा सरुवा भएकी थिइन्।
Facebook Comments Box