काठमाडौं: नेपाल प्रहरीका १८ जना एसएसपीहरुको सरुवा गरिएको छ। आज (शुक्रवार) गृह मन्त्रालयको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले १८ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको सरुवा गरेको हो।
जसअनुसार, जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रमुखमा एसएसपी विश्व अधिकारी सरुवा भएका छन्। त्यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी रमेश बस्नेत तोकिएका छन्।
काठमाडौंमा कार्यरत वसन्त रजौरेलाई प्रधान कार्यालय स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा सरुवा गरिएको छ भने उपत्यका कार्यालयका सानुराम भट्टराईलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ।
अधिकारी प्रहरी महानिरीक्षकको सचिवालयमा र बस्नेत भैरहवा विमानस्थलमा कार्यरत थिए। यसअघि काज सरुवा गरिएका एसएसपीहरूको पनि सरुवा कायम गरिएको छ।
अरु कसको कहाँ भयो सरुवा ?



Facebook Comments Box