काठमाडौं: बाजुरा घर भएका एक युवकको ठगी धन्दा उजागर भएको छ। वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने धन्दामा संलग्न बाजुरा जिल्लाका गोर्ख सार्कीको कर्तुत सार्वजनिक भएको हो।
स्रोतका अनुसार उनीविरुद्ध पक्राउ पुर्जी पनि जारी गरिएको छ। वैदेशिक रोजगार विभागले जारी गरेको पत्रअनुसार, लक्ष्मी बोहोरा नामकी व्यक्तिले दिएको जाहेरीका आधारमा उनीविरुद्ध पुर्जी जारी भएको हो।
उनीविरुद्ध २०८१ मंसिर २५ गते मुद्दा दर्ता भएको थियो। त्यसपछि २०८१ मंसिर २७ गते प्रतिवादी सार्कीलाई पक्राउ गर्न अनुमति प्रदान गरेको थियो। सोही अनुरूप, विभागले सुरक्षा निकायलाई पक्राउ पुर्जी जारी गरी प्रतिवादीलाई खोजी गरी उपस्थित गराउन निर्देशन दिएको छ। तर उनी हालसम्म फरारै छन्।
उनी बाजुराको हिमाली गाउँपालिका–६, घर भएर काठमाडौं बस्ने गर्दछन्। उनले यसैगरी अरुलाई पनि ठगेको आरोप लागेको छ।
Facebook Comments Box