धनगढी: धनगढीमा १४ औं बृहत रक्तदान महोत्सव हुने भएको छ।
बैतडी समाज कैलालीको आयोजनामा फागुन ३ गते (शनिबार ) को दिन १४औं बृहत् रक्तदान महोत्सव एवम् समाजको छैटौं साधारण सभा आयोजना गर्ने समाजका सदस्य बहादुर चन्दले जानकारी दिए।
समाजले धनगढीमा रहेका सम्पुर्ण स्वयंसेवि रक्तदाता एवम् हरेक समाजिक मनहरुमा उक्त पुण्य कार्यमा सहभागिता लागि आग्रह गरेकाे छ।
उक्त अवसरमा, पुर्ख्यौली घर बैतडी भई हाल कैलालीको विभिन्न ठाउँमा बसोबास गर्नुहुने सम्पुर्ण बैतडेली आमा-बुवा, दाजु-भाइ, दिदिबहिनीहरुमा समाजको छैटौं साधारण सभामा समुपस्थिती को लागि सादर निमन्त्रणा गरिएको समाजका सदस्य समेत रहेका चन्दले जानकारी दिए।
सो महोत्सवमा कैलाली उद्योग वाणिज्य सँघको सहकार्य र रक्त संचार केन्द्र धनगढीको प्राविधिक सहयोग हुने छ।
Facebook Comments Box