काठमाडौं: नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
अनुभव सम्बन्धमा झुटा विवरण र कागजात बुझाएर सरकारलाई ढाँटेको भन्दै ओझाविरुद्ध आइतबार अख्तियारमा उजुरी परेको हो।
उजुरीमा ओझाले बुझाएका कागजात छानबिन गरी कारबाही गर्न माग गरिएको छ। ओझाले सरकारलाई गुमराहमा राखेको आरोप लगाइएको छ। पत्रकार ओझाले नियुक्ति लिनुअघि प्रबन्धकको रुपमा काम गरेको अनुभवसहितको कागजात पेस गरेका थिए।
उजुरीमा सिफारिस समितिका पदाधिकारीविरुद्ध समेत कारबाहीको माग गरिएको छ।
‘अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धी मापदण्ड २०७३ को पहिलो संशोधनलाई योजनावद्ध रुपमा मन्त्रालयको वेभसाइटबाट हटाइ त्यसमा रहेको ३५ वर्ष नाघेको हुनुपर्ने व्यवस्थालाई ३० वर्ष नाघेको हुनुपर्ने व्यवस्था राखेर किन दरखास्त मागियो?,’ उजुरीमा प्रश्न गरिएको छ।


