काठमाडौं: नेपालमा पछिल्लो समय पूर्वराजाले सक्रियता बढाएपछि उनका समर्थकहरु पनि सल्बलाएका छन्। जसअनुसार आज्मात्रै पोखराबाट काठमाडौँ फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागत गरिएको छ भने उनलाई निर्मल निवास पुगाइएको छ। जसमा राजावादीहरूले निकालेको जुलुसमा भारतीय सत्ताधारी पार्टी भारतीय जनता पार्टी (भा.ज.पा.) का नेता योगी आदित्यनाथको तस्वीर राखिएको ब्यानर प्रदर्शन पनि गरिएको छ। यस घटनाले नेपालमा राजसंस्था पुनर्स्थापनाको विषयलाई फेरि चर्को बहसको केन्द्रमा ल्याएको छ।
राजावादीहरूले विभिन्न समूहमा विभाजित भएर गरेको शक्ति प्रदर्शनमा, ब्यानरमा योगी आदित्यनाथको तस्वीरको साइज पूर्व राजा शाहको तस्वीरजत्तिकै रहेको थियो। उक्त ब्यानरमा ‘राजसंस्था पुनर्स्थापित गरौँ’ भन्ने लेख पनि उल्लेख गरिएको थियो। उक्त ब्यानरको प्रायोजक प्रदीपविक्रम राणा थिए, जसको नाम ब्यानरमा स्पष्ट रूपमा उल्लेख गरिएको छ। प्रदर्शनकारीहरूले त्रिभूवन विमानस्थल क्षेत्रसम्म पुगेर यो प्रदर्शन गरेका थिए।

सामाजिक सञ्जालमा यस प्रदर्शनको व्यापक विरोध भइरहेको छ, जसले यस प्रकारको प्रदर्शनलाई विदेशी प्रभावको संचारको रूपमा व्याख्या गरेका छन्। योगी आदित्यनाथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अति विश्वासपात्र मानिन्छन् र उनी नेपालको राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा खुल्लमखुल्ला वकालत गर्दै आएका छन्। पूर्व राजा शाह र योगी आदित्यनाथको सम्बन्ध समयसमयमा गोप्य भेटवार्तामा प्रकट हुँदै आएको छ, जसको पछिल्लो उदाहरण केही महिनाअघि लखनऊमा भएको भेटवार्ता हो।
यस घटनाले नेपालमा राष्ट्रियता र राजनीतिक स्वतंन्त्रता बिचको बहसलाई पुनः ताजा बनाएको छ, जसको प्रतिकृया नेपाली समाज र राजनीतिमा मिलेको छैन।