धनगढी: नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बन्नु कुनै नौलो कुरा नभएको बताएका छन्। कैलालीको धनगढीमा भइरहेको काँग्रेसको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्।
‘आदरणीय सभापति पाँच पटक बनिसक्नुभएको छ,’ उनले भने, ‘छैठौ पटक बन्ने कुरा ठुलो होइन। उहाँले केपी ओलीलाई, प्रचण्डलाई प्रधानमन्त्री बनाएको हामीले देखिसकेका छौं। राष्ट्रपति बनाएको पनि देखेका छौं। हुनसक्छ काँग्रेसका कसै अरुलाई पनि प्रधानमन्त्री बनाएको पनि देख्न सक्छौं।’
राजाको शासनको समयमा बोल्नसमेत नपाइएको स्मरण गर्दै महामन्त्री शर्माले त्यो व्यवस्थाप्रति कसैको पनि चासो नरहेको दाबी गरे। ‘राजाको शासनले मुख बन्द ग¥यो, लेख्न दिएन,’ उनले भने, ‘त्यो शासनले थुप्रैलाई फाँसीमा चढायो। अहिले त्यो व्यवस्थातर्फ आम नागरिकको चासो छ भन्नु भ्रम मात्रै हो।’