काठमाडौं: मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो।
आजको बैठक नियमित हो। बैठकले नेपाल प्रहरीको महानिरीक्षक टुंगो लगाउने भएको छ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आजदेखि अवकासमा जाँदै छन्। बैठक ४ बजेको लागि बोलाइए पनि केही ढिला सुरु भएको हो। स्रोतका अनुसार एआईजी दिपक थापालाई ३१ औं आइजीपी नियुक्त गरिदैछ।
Facebook Comments Box