धनगढी: कैलालीमा सुस्त मनस्थितिकी किशाेरीलाई जबरजस्ती करणी गरेकाे आराेपमा १६ वर्षीय किशोरलाई पक्राउ गरिएको छ।
बुधबार साँझ साढे ४ बजे कैलारी गाउँपालिका-८ बस्ने किशोरले १५ वर्षीया मानसिक रूपमा सुस्त किशाेरीलाई करणी गरेकाे आरोपपछि प्रहरी टाेलीले उनलाई पक्राउ गरेको हाे।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) डीएसपी कबिन्द्रसिंह बाेहराले किशाेरलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको बताए।
पीडित किशाेरीलाई स्वास्थ परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ।
Facebook Comments Box