काठमाडौं: सिरहाका प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितलाई प्रहरी हेडक्वार्टर, काठमाडौं तानिएको छ। उनलाई हेडक्वार्टर झिकाएर सिरहामा भने पोखरा गणमा कार्यरत एसपी अनन्तराम शर्मालाई पठाइएको छ।
एसपी पण्डितलाई किन हेडक्वार्टर तानिएको भन्नेबारे प्रहरीले स्पष्ट खुलाएको छैन्। यद्यपि उनीविरुद्ध उजुरी परेपछि केही बुझ्नुपर्ने भएकाले झिकाइएको बताइएको छ।
यसअघि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको थियो। महायज्ञ गर्न भन्दै एक दलित परिवारलाई हटाएको विषय सार्वजनिक भएपछि उनलाई गृह मन्त्रालय तानिएको थियो।
महायज्ञ गर्नका लागि दलित परिवारको घर भत्काएको विषयमा उनीहरूमाथि छानबिन हुन लागेको हो। औरही गाउँपालिका ५ मा महायज्ञका नाममा दीपक मलिकको घर डोजर लगाएर भत्काइएको थियो। उनको घरमा डोजर चलाउने गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका छन्।