सुर्खेत – सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका दुई उम्मेदवारको मत बराबर आएको छ । कांग्रेसका उम्मेदवार चन्द्रवीर रावत र एमालेका उम्मेदवार बलबहादुर रोकायले बराबर मत पाएका हुन् ।
अन्तिम मतपरिणामअनुसार उनीहरुले ६७३/६७३ मत ल्याएका छन् । मत बराबर आएपछि परिणाम घोषणा हुन सकेको छैन । गोलाप्रथाबाट नतिजा टुंगो लगाउन खोजिए पनि उम्मेदवारहरूबीच सहमति नभएकाले रोकिएको पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत नविनकुमार भट्टले जानकारी दिए ।
दुबै उम्मेदवारले आधा–आधा कार्यकाल गर्नुपर्ने बताउँदै आएका छन् । तर कानुनमा त्यस्तो व्यवस्था नभएकाले गोलाप्रथाबाट टुंगो लगाइने निर्वाचन अधिकृत भट्टले बताए ।
Facebook Comments Box