सर्लाही– सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार २२ वर्षीय राजाबाबु यादव निर्वाचित भएका छन् । उनी ४ हजार ८१ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २ हजार ३९२, नेकपा एमालेका पुरुषोत्तम प्रसाद चौधरीले एक हजार ६३४ र स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले एक हजार ६०७ मत पाए ।
उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी गीता देवी ३ हजार ५२३ मतसहित निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोशिला साहले दुई हजार ६३७ मत पाइन् । त्यस्तै नेकपा एमालेकी निलम यादवले एक हजार ७३७ र लोकतान्त्रिक समाजवादी पार्टीकी वैदेही देवीले ९१७ मत पाइन् ।
Facebook Comments Box