काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टी भएका छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४१९७ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर १८ जना संक्रमणमुक्त भएका छन् ।
अहिलेको अवस्थामा नेपालमा १४९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।
Facebook Comments Box