कञ्चनपुर– कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । मेयरमा कांग्रेसका तोयराज शर्मा ३६५ मत सहित अग्रस्थानमा छन् ।
उनलाई पछ्याइरहेका माओवादी र समाजवादीको गठबन्धनका उम्मेदवार समाजवादीका जीवनराज थापाले ३०२ मत मत प्राप्त गरेका छन् । एमालेका पदमबहादुर पुजाराले २०५ मत हासिल गरेका छन् ।
उपमेयरमा गठबन्धनबाट माओवादीका धोखे रानाले ३९१ मत सहित सुरुवाती अग्रता बनाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसकी भुलिया रानाले ३४५ मत प्राप्त गरेकी छन् । यस्तै एमालेकी सुशीला खत्रीले १६९ मत प्राप्त गरेकी छन् ।
मतदानमा भएको विवादका कारण रोकिएको पनुर्वासको मतगणना मंगलबार रातिदेख सुरु भएको हो ।
Facebook Comments Box