दार्चुला – दार्चुलाको महाकाली नगरपालिकाका मेयर नर सिह चैसिर लगायतको टोली निवार्चित भए लगतैे घरदैलो कार्यक्रममा गएका छन् ।
बुधबार नगरका विभिन्न वडामा घरदैलो गर्दै चैसिरको टोलीले आफ्नो पहिलो कार्यकाल संघर्षमै बितेकाले यस पटक जितेर जनताको सेवा गर्ने बताएका छन । नेकपा एमालेबाट मेयर पदमा जितेका नगर प्रमुख चैसिरको टोली अहिले नगरपालिकाका विभिन्न वडाबस्तीहरुमा पुग्न थालेको छ ।
नगरपालिकाका मेयर चैसिरले आफु निर्वाचित भए शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायतको क्षेत्रमा विकास गर्ने बताएका छन ।
उनले यस पटक दलित उम्मेदवार उठाएर दलितलाई समेत बढी अवसर दिन लागिएको बताएका हुन । गत बैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वार्चित भएका मेयर चैसिर सहित उप मेयर दुर्गा विष्ट खत्री लगायतको टोली अहिले गाउँघरमा गएर जनताको समस्या बुझने काममा ब्यस्त भएको छ । अहिले सम्म नगर प्रमुख चैसिरको टोलीले वडा नम्बर ९को दत्तु वडा नम्बर ४को खलंगा बजार क्षेत्र वडा नम्बर ५ को गल्फै क्षेत्र लगायत आज वडा नम्बर ३ को बाज क्षेत्रमा घरदैलो अभियान गरिएको नगर प्रमुख चैसिरले जानकारी दिए ।
अबको पाँच वर्षमा नगरबासीहरुले आफुहरुमाथि विश्वास गरेको काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । घरदैलो कार्यक्रममा मेयर नर सिह चैसिर, उप मेयर दुर्गा ,विष्ट नेकपा एमाले प्रदेश कमिटि सदस्य ज्ञानेन्द्र घर्ती जिल्ला कमिटि उप सचिव खडक बडाल लगायत स्थानीय कार्यकर्ताहरुको सहभागिता रहेको छ ।