दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामी निर्वार्चित भएपछि अहिले उनी पनि घरदैलो अभियानमा लागेका छन् ।
नेकपा एमाले बाट निर्वार्चित भएका धामी अहिले गाउँपालिकाका विभिन्न बस्तीहुदै घरदैलोमा गएका छन् । पछिल्लो समय विभिन्न जनपछिय कामबाट लोकप्रिय बन्दै गएका धामी गाउपालिकाका अध्यक्ष बनेपछि अहिले जनताको घरदैलोमा हुमिएर जनताको आशिर्वाद लिन थालेका छन् ।
२०५४ सालमा अनेरास्ववियू जिल्ला कमिटिका अध्यक्ष, बनेका धामी २०५९ मा पत्रकार महासंघ दार्चुला बैतडी शाखाको संस्थापक उपसभापति, हुदै २०६३ मा कालापानी पोष्ट साप्ताहिकको सम्पादक, तथा २०६५ मा मिडिया विकास समाज नेपाल दार्चुलाको अध्यक्ष भएर काम गरेका थिए । गत बैशाख ३० गते शुक्रबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जित हात पारेका धामी बुधबार बाट गाउँपालिकाका विभिन्न वडाहरुमा गएको छ । पालिका अध्यक्ष धामीको टोली बुधबार वडा नं १ हुदै वडा नं ६र ७ को घरदैलो अभियानमा गएको गाउँपालिका अध्यक्ष हिरा सिह धामीले जानकारी दिएका छन् ।
गाउँपालिकामा सपथ ग्रहण गर्नु भन्दा पहिले ८ वटै वडामा पुगेर जनताका समस्या बुझने तथा जनताका पिडा मर्कालाई समाधान गर्न जनताको घरदैलोमा पुग्ने बताए । गाउँपालिकामा कृषि, पर्यटन, जलस्रोतलगायत विविध सम्भावनालाई प्रवर्धन गर्न गाउँपालिकाले विशेष भुमिका खेल्ने नव निर्वार्चित अध्यक्ष धामीले बताए । शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायत न्यूनतम आवश्यकता पूर्तिका लागि नयाँ संरचनाप्रति आशावादी बनेका स्थानीयले सोचेको जस्तो सेवा प्रबाह गर्ने पनि बताए ।
निर्वाचित भएर आइरहदा हरेक चुनौती सामना गरेर समृद्ध गाउँपालिका बनाउने अठोट लिएका छौ उहाँले भन्नु भयो । सिचाई, खानेपानी, पर्यटन, विद्युतीकरण, कृषि, पशु, शिक्षा, पर्यटन, स्वास्थ्य, लक्षित वर्गका कार्यक्रमलाई पनि समावेश गरिने गाउँपालिका अध्यक्ष हिरा सिह धामीले बताए ।
स्थानीयस्तरबाट समस्या भन्दा पनि पूर्वाधार विकासलाई छिटो र पारदर्शी रूपमा सम्पन गर भन्ने माग र दबाब छ । पर्यटन र कृषि सँगै यहाँका श्रमजीवी वासिन्दा हुन् । हामीले मुख्य गरी यहाँका बासिन्दाको जीविवकोपार्जनमा बृद्धि होस् भन्ने उद्देश्यले काम गर्ने छौ मालिकार्जुन धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न खोजेका छौं । यी क्षेत्रमा रहेका अथाह सम्भावनालाई उजागर गर्दै पर्यटन विकास लागि काम गर्ने तथा उकु महल जस्ता पर्यटकीय गन्तव्यका रूपमा पहिचान गर्ने पनि बताएका छन् ।