काठमाडौं – नेकपा (एकीकृत समाजावादी)का सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा सोचेजस्तो परिणाम नआएको भन्दै गठबन्धन कांग्रेस र माओवादीबीचमा मात्रै भएको बताएका छन् ।
उनले भने, हामीले जुन रूपमा गठबन्धन हुन्छ भनेका थियौं, त्यसरी भएन । धेरै ठाउँमा कांग्रेस र माओवादीको मात्रै गठबन्धन रह्यो । महानगर र उपमहानगरकै कुरा गर्दा पनि गठबन्धनको मर्म अनुसारको मत आएको छैन ।
उनले भने, काठमाडौंमा हाम्रा उपमेयर उम्मेदवारको मत आउन सकेन । अहिले नै सबै विश्लेषण गर्ने बेला त भएको छैन तर गठबन्धनको नतिजाबारे गम्भीर समीक्षा गर्न जरूरी छ ।
उनले काठमाडौंसहित विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवारको अग्रताले नेपालका नेताहरूको ल्याकत देखाएको बताए । अहिले जुन खालको नतिजा आइरहेको छ । त्यसले दलका नेतृत्वले सबै खालको समीक्षा गर्नुपर्छ,, उनले भने, ।
Facebook Comments Box