काठमाडौं – संविधानअनुसार बहालवाला जनप्रतिनिधिको कार्यकाल आज जेठ ५ गतेदेखि सकिएको छ ।
यही प्रावधानअनुसार निर्वाचन आयोगले यथासम्भव छिटो नयाँ निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाल्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जेठ ४ गते जारी विज्ञप्तिमा भनिएको छ– जेठ ५ गतेभित्र नै मतगणना सम्पन्न गरी यथाशीघ्र परिणाम प्रकाशन गरी यथासम्भव निर्वाचित जनप्रतिनिधिलाई तत्काल कार्यभार सम्हाल्ने अवस्था निर्माण गर्न सम्भव तुल्याउने मनसायले आयोगबाट निर्देशन जारी गरिएको छ ।
Facebook Comments Box