डडेल्धुरा– डडेल्धुराका नवनिर्वाचित सात स्थानीय तहका प्रमुखहरूले शपथ ग्रहण गरेका छन् । बिहीबार जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले दुई नगरपालिका र पाँच गाउँपालिका नवनिर्वाचित प्रमुख तथा अध्यक्षलाई पद तथा गोपनीयतको सपथ खुवाएका हुन् ।
अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशी, आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की, अजयमेरुका अध्यक्ष उमेशप्रसाद भट्ट, गन्यापधुरा अध्यक्षका इन्द्रबहादुर कार्की, नवदुर्गाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी र भागेश्वर गाउँपालिकाकाका अध्यक्ष हेमराज चटौतले लिएले सपथ ग्रहण गरेका छन् ।
सपथ खुवाइसकेपछि जिल्ला न्यायाधीश शर्माले नवनिर्वाचित प्रमुख तथा अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै जनताको भावना अनुसार काम गर्न आग्रह गरे । आफ्नो पालिकाको निर्वाचन परिणाम आएको सात दिनभित्र अध्यक्ष तथा प्रमुखले कार्यभार सम्हाल्नुअघि सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिनुपर्ने कानुनी व्यवस्था छ । उपाध्यक्ष, उपप्रमुख, वडाध्यक्ष र सभाका सदस्यले अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिनभित्र सम्बन्धित अध्यक्ष वा प्रमुखसमक्ष शपथ लिनुपर्ने हुन्छ।
डडेल्धुरामा दुई नगरपालिका र तीन गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए भने माओबादीले केन्द्रले दुई स्थानीय तह जितेको छ ।