कैलाली– कैलालीको भजनी नगरपालिकामा पनि रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले विजय हासिल गरेको छ । गठबन्धनलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका केवल चौधरी मेयरमा विजयी भए । उनले निवर्तमान नगरप्रमुख तथा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीलाई तीन हजार बढी मतान्तरले पराजित गरे । केवलले आठ हजार ९६६ मत पाए भने शेरबहादुरले पाँच हजार १९८ मत पाए ।
यसैगरी उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गोकेन्द्र भण्डारीलाई दुई हजार ४०० मतले पछि पार्दै नागरिक उन्मुक्तिकै राजु तिरुवा विजयी भएका छन् ।
उपप्रमुखमा तिरुवाले सात हजार ६२२ मत ल्याइन् भने भण्डारीचार हजार ४९० मत पाए । नगरपालिकामा प्रमुख, उपप्रमुख जितेको नागरिक उन्मुक्ति र माओवादी केन्द्रले ३÷३ वडा, नेकपा एमालेले २ र नेपाली काँग्रेसले १ वडामा जितेका छन् ।
नागरिक उन्मुक्ति पार्टीले जिल्लाको टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा विजयी भइसकेको छ ।