कैलाली– कैलालीको गौरीगंगामा गठबन्धनका तर्फबाट माओबादी केन्द्र र उपमेयरमा कांग्रेस विजयी भएको छ । शुक्रवार सम्पन्न मतगणना अनुसार माओबादी केन्द्रका देवी कँडेलले १३ हजार ७ सय ९५ मत प्राप्त गरेर विजय प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम सिंगालले ६ हजार ६ सय ३२ मत प्राप्त गरे । कँडलले ७ हजार १ सय ६३ मतान्तरले विजय प्राप्त गरे ।
यस्तै उपप्रमुखमा नेपाली काँग्रेसका भोजबहादुर बमले ११ हजार २ सय ८१ मत प्राप्त गर्दै विजयी प्राप्त गरे । उपप्रमुखमा एमालेका शान्तिदेवी सिंहले ६ हजार ७ सय ४३ मत प्राप्त गरे । ४ हजार ५ सय ३८ मतको मतान्तरले बम विजयी भएका हुन् । गौरीगङ्गामा २६ हजार ९ सय ८५ मत खसेको थियो ।
Facebook Comments Box