महोत्तरी – महोत्तरीको गौशाला नगरपालिकामा माओवादीको किल्ला भत्किएको छ । जातीय समीकरण अनुसार महतो जातिलाई मेयर तथा उपमेयरमा टिकट नदिएकै कारण माओवादीको किल्ला भत्किएको गौशालावासीको भनाई छ ।
०७४ मा अत्यधिक बहुमतका साथ मेयर र उपमेयर सहित निर्वाचित भएका माओवादीको किल्ला भत्काउन जनता समाजवादी पार्टी (जसपा) सफल भएको छ । जसपाका दिपेन्द्र महतोले मेयरमा ८७९९ मत ल्याई निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बिष्णु योञ्जनले ५६२७ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा जसपाकी रेनुकुमारी महतोले ८४५५ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी जनकदुलारी साहले ५४९० मत प्राप्त गरिन् । ०७४ को स्थानीय तहको निर्वाचनमा माओवादीका शिवनाथ महतो मेयरमा निर्वाचित थिए ।
गौशाला नगरपालिका नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहको गृहनगर हो ।