काठमाडौं– सौन्दर्य प्रतियोगिताको आयोजना गरेर किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रतियोगिताका आयोजक मनोज पाण्डे पक्राउ परेका छन् ।
आठ वर्षअघि एक सौन्दर्य प्रतियोगिता आयोजना गरी उनले एक किशोरीलाई बलात्कार गरेको आरोप पीडित किशोरीले नै लगाएपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो ।
प्रहरीको उपत्यका अनुसन्धान कार्यलयले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको जनाएको छ ।
Facebook Comments Box