कैलाली– काठमाडौंमा ८ वर्षअघि यौन हिंसाबाट पीडित किशोरीको पक्षमा शनिबार कैलालीको धनगढीमा प्रदर्शन गरिएको छ । युवतीहरुको समूहले धनगढीको चौराहाबाट एलएन चोक हुँदै मुख्यमन्त्री कार्यालयसम्म प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले यौन हिंसाका घटनाको हद म्याद हटाउनुपर्ने र दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभामा पनि किशोरीको न्यायको आवाज उठेको थियो।
सभामुखले पनि घटनाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन् । सडकदेखि सदनसम्म बलात्कारको विषय उठेपछि प्रहरीले पनि यसतर्फ चासो दिएको छ । प्रहरीले बलात्कार आरोपी एक जनालाई पक्राउसमेत गरिसकेको छ ।
Facebook Comments Box