कैलाली– सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये अहिलेसम्म ८१ पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा ३६ पालिकामा विजयी हुँदै नेपाली काँग्रेसले पहिलो स्थानमा रहेको छ भने २४ पालिकामा जित निकाल्दै एमाले दोस्रो र १४ पालिकामा जित निकाल्दै नेकपा माओवादी तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ४, एकीकृत समाजवादीले २ पालिका र स्वतन्त्र उम्मेदवार १ पालिकामा विजयी भएका छन् ।
प्रदेशका ७ पालिकामा अझै नतिजा आउन बाँकी छ । जस मध्ये ४ पालिकामा अहिले कांंग्रेसले अग्रता कायम गरेको छ ।
कञ्चनपुरका पुनर्वास नगरपालिका, भीमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका र अछामको साँफेबगर नगरपालिकामा कांग्रेस अगाडि छ । प्रदेशको एक मात्रै महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवारीले अगाडी छन् भने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एमाले अगाडी छ ।
नतिजा आउन बाँकी बाजुराको बुढीगंगा नगरपालिकामा भने विवादका कारण अझै मतगणना सुरु गर्नै बाँकी छ ।