कञ्चनपुर– कञ्चनपुरको दोधाराचाँदनीका सक्रिय पत्रकार पप्पु गुरुङ्गमाथि कुटपिट भएको छ । स्थानीय भुपेन्द्र ओलीले समाजिक सञ्जाल फेसबुकमा लेखिएको विषयलाई लिएर पत्रकार गुरुङ्गमाथि कुटपिट गरेका हुन् ।
शनिबार पत्रकार गुरुङ्गकै कार्यालय दोधाराचाँदनीमा कुटपिट गरिएको घाइते पत्रकार गुरुङ्गले बताए । पत्रकार गुरुङ्गले आफुमाथि भुपेन्द्र ओलीले र श्रीमती रन्तादेवी ओली कार्यालयमा आएर कुटपिट गरेको बताए । उनले आफूलाई कुटपिट गरेर, क्यामेरा, फोन र कार्यालयमा तोडफोड गरेको आरोप लगाएका छन् । ओली दाम्पतीको कुटपिटबाट पत्रकार गुरुङ्ग घाइते भएका छन् ।
पत्रकार गुरुङ्गमाथि कुटपिट भएको विषयमा नेपाल पत्रकार महासंघले भत्र्सना गरेको छ । पत्रकार महासंघ कञ्चनपुरले घटनाबारे भत्र्सना गर्दै दोषी उपर कारबाहीको माग गरेको छ ।
Facebook Comments Box