कैलाली– कैलालीमा सार्वजनिक बिदाका दिन चलाइएका १२ वटा सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीले प्रहरीले सरकारी गाडी नियन्त्रणमा लिएर चालकलाई सम्झाइबुझाइ गरी छाडिएको जनाएको छ ।
कतिपय सरकारी गाडी मर्मतका लागि र अन्य कतिपय काम विषेशले बिदाको दिनमा चलाइएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले बताए । बढ्दै गएको इन्धनको खपत घटाउन सरकारको निर्णयानुसार सार्वजनिक बिदाका दिन गाडी चलाउन रोक लगाएपछि स्थानीय प्रशासनले त्यसमा कडाई गर्न सुरु गरेको हो ।
बिदाका दिनमा अत्यावश्यक सरकारी काम परेको हकमा प्रदेश सरकारका सचिव वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गाडी चलाउन पाइने व्यवस्था छ ।
Facebook Comments Box