कञ्चनपुर– कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा स्वतन्त्रका उम्मेदवारको प्यानल विजयी भएको छ । वडा अध्यक्ष र वडा सदस्य गरी सबै पदमा स्वतन्त्रका उम्मेदवार विजयी भएका हुन् ।
वडा अध्यक्षमा राना श्रवण ८१८ मतसहित विजयी भएका छन् । त्यस्तै, महिला सदस्यामा देवी कार्की ६३२ मत, दलित महिला सदस्यमा लक्ष्मी सुनार ६७१ मत, सदस्यमा दिपेश मल्ल ६६४ मत र दुलेराम राना ६१३ मत ल्याएर विजयी भएका छन् । उनीहरु सबै गुलाबको फूल चिह्नबाट चुनाव लडेका थिए ।
Facebook Comments Box