काठमाडौं– स्थानीय वायुसँगै भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भइरहेको छ ।
मौसमविद् का अनुसार आज वाग्मतीसहित गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन, हावाहुरीसहित दिउँसो पनि पानी पर्ने सम्भावना छ । शनिबार राति पनि काठमाण्डौसहित देशका केही ठाउँमा पानी परेको थियो ।
यस्तै, आज राति प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ । मेघगर्जन÷चट्याङ्ग र हावाहुरीसहित वर्षा हुने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।
प्रि मनसुनको सुरुका महिना सुक्खा भए पनि गएको वैशाख महिनादेखि लगातारजसो मेघगर्जन÷चट्याङ्गसहित पानी परिरहेको छ । यसपालि मनसुनमा पनि औसतभन्दा धेरै पानी पर्ने अनुमान गरिएको छ ।
Facebook Comments Box