भरतपुर – चितवनको भरतपुर महानगरपालिकामा खसेको मतमध्ये ९० हजार ३ सय ८ मत गणना सकिएको छ ।
जसअनुसार गठबन्धनकी उम्मेदवार रेणु दहालले ३५ हजार ४६० मत पाएर अग्रता लिइरहेकी छन्। उनले अर्को एमाले—राप्रपा गठबन्धनका उम्मेदवारलाई ७५६५ मतले पछि पारेकी छन्।
एमालेका उम्मेदवार विजय सुवेदीले २७ हजार ८ सय ९५ मत पाए। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८ सय ९७ मत पाएका छन्।
यस्तै उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले ३७६२४ मत पाएका छन्। उनले राप्रपाकी हिमला गुरूङलाई १५ हजार ५ सय ६८ मतले पछि पारेका छन्। गुरूङले २२०५६ मत पाएकी छन्।
अब भरतपुरमा करिब ३७ हजार मत गणना गर्न बाँकी छ । अहिले पछिल्लो मतगणनाको ‘ट्रेन्ड’ अनुसार दाहालले मतअग्रता बढाउँदै लगेको देखिएको छ । अब भरतपुरका पश्चिम चितवनका वडाहरुको मतगणना गर्न बाँकी रहेको अवस्था छ । जुन क्षेत्रमा रेणुको प्रभाव अन्य उम्मेदवारको तुलनामा राम्रो रहेको जनाइएको छ । यसबाट रेणु भरतपुरमा दोस्रो पटकका लागि नगरप्रमुख बन्ने अभियानको नजित रहेको आंकलन गर्न सकिन्छ ।