काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा काँग्रेस र एमालेबिच कडा प्रतिस्पर्धा चलेको छ ।
पछिल्लो मत गणना अपडेट अनुसार नेपाली काँग्रेसका मेयरका उम्मेदवार रामकृष्ण खाँणले झिनो अग्रता बनाएका छन् ।
२८ हजार २७१ मत गणना हुँदा गृहमन्त्री खाँणका सहोदर भाइ समेत रहेका काँग्रेस उम्मेदवार रामकृष्णले १० हजार ९६६ मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार मोहन चापागाईँले १० हजार ८८८ मतसहित पछ्याई रहेका छन् । मोहनभन्दा रामकृष्ण ८८ मतले अगाडि छन् ।
उपमेयरमा भने एमालेकी जागेस्वरी चौधरीको फराकिलो अग्रता छ । उनले १० हजार ५८८ मत ल्याएकी छन् भने माओवादीका हेमन्त पाण्डेले ५३५१ मत ल्याएका छन् ।
गृह जिल्ला रुपन्देही भएका गृहमन्त्री खाँणले तिलोत्तमा ८ स्थित ज्योति आधारभूत विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेका थिए । गृहमन्त्री खाँणको तिलोत्तमा प्रतिष्ठाको विषय बनेको छ ।