काठमाडौं – गत वैशाख ३० गते सम्पन्नस्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । ५ महानगरपालिकासहित ५४ पालिकाको अन्तिम परिणाम आउन अझै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।
अद्यावधिक विवरणअनुसार प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा नेपाली कांग्रेसले जितेको छ । नतिजा आउन बाँकी रहेका पालिकामा पनि नेपाली कांग्रेसकै अग्रता छ ।
दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ । नतिजा आउन बाँकीमा प्रदेश १ मा झापाका ५, मोरङका २, सुनसरीका ३ र उदयपुरका २ पालिका बाँकी छ ।
मधेश प्रदेशमा रौतहटका ७, बाराका ४, सप्तरीका ३, सिराहा र धनुषा २-२, महोत्तरी, सर्लाही र पर्साका १-१ पालिकामा अन्तिम नतिजा आउन बाँकी छ ।
बागमती प्रदेशका काठमाडौ, ललितपुर काभ्रे र चितवनमा १-१ पालिकाको अन्तिम नतिजा आउन बाँकी छ । गण्डकी प्रदेशमा तनहुँ र पोखराका एक-एक पालिकामा नतिजा आउन बाँकी छ ।
यस्तै लुम्बिनी प्रदेशमा ८ पालिकाको नतिजा आउन बाँकी हुँदा सुदूरपश्चिम प्रदेशमा ६ वटा पालिकाको अन्तिम नतिजा आउन बाँकी छ ।
नतिजा आउन बाँकी पालिका :