कञ्चनपुर– नेकपा एमाले कञ्चनपुरले जिल्लामा पार्टीलाई हराउन विपक्षी दलहरुले उम्मेदवारहरुसंग भोट सेटिङ गरेको आरोप लगाएको छ । एक्लै नेकपा एमालेलाई हराउन नसक्ने अवस्था देखिएपछि निर्वाचनकै दिन विपक्षी दलका उम्मेदवारलाई सेटिङमा भोट हाल्न लगाइएको एमाले कञ्चनपुरले जनाएको हो ।
अन्य राजनीतिक दलले एमालेलाई एक्लै हराउन सक्ने अवस्था नभएपछि आफ्नो पार्टीका उम्मेदवारलाई मतदान नगरि विपक्षी पार्टीका उम्मेदवार भोट हाल्न लगाइएको एमालेको आरोप छ । आइतबार एमाले कञ्चनपुरले प्रेस विज्ञप्तीमार्फत निर्वाचनमा सहभागी मतदाताहरुलाई धन्यवाद दिदैँ स्थानीय तह निर्वाचन समयमै गराउन सत्ताधारी गठबन्धनले नचाहेको र एमालेको दबावपछि निवार्नचन सम्पन्न भएको बताएको छ ।
पार्टी अध्यक्ष सुरेन्द्र विष्टद्धारा जारी विज्ञप्तीमा एमालेले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित चाहेको उल्लेख छ । ‘भयरहित वातावरणमा स्वच्छ निर्वाचनका लागि हाम्रो पार्टीका नेता कार्यकर्ता, पार्टी सदस्य र समर्थक, शुभचिन्तकहरुबाट अधिकतम सकारात्मक भूमिका निर्वाह भयो तर सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्रा विरुद्ध उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथाल्ने र अनुचित ढंगले मतदातालाई प्रलोभनमा पान गर्नु पर्ने अवस्था समेत सिर्जना ग¥यो।’ सत्ताधारीकै बदनियतका कारण पुनर्वास नगरपालिका– १० मा पुनः मतदान गर्नुपर्ने अवस्था आएको एमालेको आरोप छ।
त्यस्तै निर्वाचनमा सत्ता गठबन्धनको टे«ड युनियनसँग आवद्ध कर्मचारीहरूको सेटिङमा निर्वाचनमा कर्मचारी खटाउने र मतदाता प्रभावित पार्नेसम्मका गतिविधि भएको समेत एमालेको दाबी छ।