कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयर, उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा पदम बोगटी र उपमेयरमा निलम जोशी विजयी भएका हुन् ।
बोगटीले १५ हजार ८ सय ८२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश पन्तले ८ हजार १ सय ४९ मत प्राप्त गरे । राप्रपाका गजेन्द्रबहादुर चन्दले ७ हजार १ सय ५ मत पाए ।
बोगटी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेकै सुरेन्द्र बिष्टसंग १६६ मतले पराजित भएका थिए ।
उपमेयरमा निर्वाचित जोशीले १२ हजार २ सय १६ मत पाइन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत पाए । एमालेकी भुवन कुँवरले ७ हजार ९ सय ९० मत पाइन् ।
Facebook Comments Box