काठमाडौं – नेकपा माओवादीकी सांसद अमृता थापाले सौन्दर्य प्रतियोगिता रोक्नु पर्ने माग राखेकी छिन् ।
शान्ति प्रक्रियामा आए लगत्तै माओवादी नेतृहरुले सुन्दरी प्रतियोगिता रोक्न भन्दै प्रदर्शन गरेका थिए । उनीहरुले मिस नेपालसहितका प्रतियोगिता रोक्नका लागि दबाव पनि दिएका थिए । त्यो सन्दर्भ सम्झाउँदै थापाले महिला तथा सामाजिक समितिको बैठकमा भनिन्, ‘बिगतमा पनि आफूहरुले सुन्दरी प्रतियोगिताको विषयमा गम्भीर भएर राज्यले सोच्नुपर्ने भनी आवाज उठाएका हौं, सौन्दर्य प्रतियोगिता राज्यको हितका लागि छैन भने यसलाई रोक्न सक्नुपर्छ ।’
महिला हिंसा र बलात्कारजन्य अपराधमा हदम्याद सम्बन्धी विषयमा भएको छलफलमा उनले सुन्दरी प्रतियोगिता आयोजना नगरे बापत राज्यलाई कति घाटा पर्छ ? भनेर सरकारलाई प्रश्न गरिन् ।
Facebook Comments Box