कञ्चनपुर– कञ्चनपुरको सीमानाका ४ दिन बन्द हुने भएका छन् । भारतको चम्पावत विधान सभा– क्षेत्र– ५५ को उपनिर्वाचनका लागि सीमा नाका बन्द गरिन लागेको हो ।
जेष्ठ १७ गते हुने उपनिर्वाचनका लागि जेष्ठ १४ गते बेलुकी ५ बजे देखि जेष्ठ १७ गते बेलुकी ५ बजेसम्म चम्पावत जिल्लासंग सीमा जोडिएका क्षेत्रका नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीद्वारा जारी सूचनामा उक्त अवधिमा स्वास्थ्य उपचार लगायत अन्य अत्यावश्यक सेवाको लागि भने अनुमति प्राप्त हुने उल्लेख गरिएको छ ।
Facebook Comments Box