बाजुरा– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजबादी) पार्टी बाजुरामा दुई वडा सदस्यमै सीमित भएको छ । जिल्लाका ९ वटा स्थानीय तहका ६९ वडामध्ये समाजबादी दुई वडा सदस्यमै सीमित बन्न पुगेको हो ।
जिल्लाका बुढीगगा नगरपालिको मतपरिणाम नतिजा नआएको भए पनि बाँकी ८ पालिकाका ५९ वडामा नेकपा एकीकृत समाजबादी पार्टी दुई वडा सदस्यमै सीमित भएको छ । बुढीगगा बाहेकका सबै वडाको मतगणना सकिएको छ । निर्बाचन आयोगका अनुसार एकीकृत समाजबादीले जिल्लाको जगन्नाथ गाउँपालिका वडा न २ को खुला सदस्य र दलित महिला सदस्यमा मात्रै जितेको छ ।
नेकपा एकीकृत समाजबादी पार्टीको तर्फबाट उम्मेदवारी दिएका वडा न २ को खुला सदस्यमा कृष्ण नाथ र दलित महिला सदस्यमा रामु लुहार बिजयी भएका हुन् । नेकपा एकीकृत समाजबादी पार्टीको बाहुल्यता भएको भनिएको स्वामिकार्तिक खापर गाउँपालिकामा एक सदस्य समेत जित्न सकेको छैन ।
चुनाव अगाडि नेकपा एकीकृत समाजबादीले स्वामिकार्तिक खापर गाउँपालिकामा मात्रै २ हजार भन्दा बढी मतदाता रहेको दाबी गर्दै आएको थियो ।