काठमाडौं – पोखरा महानगरपालिकाको दुईवटा वडाको मतगणनामा धाँधली भएको भन्दै एमालेका अध्यक्ष दिलीप न्यौपानेले मतगणनामा धाँधली भएको आरोप लगाउँदै आफूहरुले पुनः मतगणनाका लागि निवेदन दिएको बताए । उनले वडा नम्बर १८ को ९ भोट र ३१ को ३ भोट बाकसबाटै हराएको बताए ।
‘मतगणनाको क्रममा बाकसभित्र हुनुपर्ने संख्यामा मतपत्र भएन । हामीलाई गम्भीर आशंका के भयो भने वडा नम्बर १८ को ९ वटा मतचाहिँ मतगणनाका क्रममा तलमाथि भयो’, निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतगणनाको निवेदन दिएपछि उनले भने, ‘त्यसकारण पनि मतगणना हुनुपर्छ भन्ने हाम्रो दाबी हो ।
यस्तै प्रकृति वडा नम्बर ३१ मा पनि देखिएको भन्दै उनले त्यहाँ पनि ३ मत कम रहेको बताए । त्यहाँ पनि मतगणना हुनुपर्छ भन्ने हाम्रो दाबी हो’, उनले भने।
Facebook Comments Box