कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित होटल ओपेराको स्विमिङ पुलमा डुबेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मंगलवार दिउँसो नुहाउने क्रमका डुबेर भारतको उत्तरप्रदेशस्थित रामपुरका करिब ३८ वर्षीय फैज अहमदको मृत्यु भएको हो ।
वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भण्डारीका अनुसार उनलाई उद्धार गरी उपचारका लागि तत्काल महाकाली अस्पताल पु¥याइएको थियो । त्यही उनको मृत्यु भएको हो ।
पौडी खेल्न नजान्ने फैज अहमद स्विमिङ पुलको गहिरो ठाउँमा डुबेका थिए । उनी २÷३ दिनदेखि होटलमा बास बसिरहेको र एक्लै भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।
Facebook Comments Box