कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा एक जनाले स्थानीय एक बालिकामाथि आक्रमण गरेपश्चात आत्महत्या गरेका छन् । ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको कोठामा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
११ वर्षीय बालिकामाथी कुटपिट गरेपछि मालीले झुण्डिएर आत्महत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए ।
मृतकको आक्रमणमा परेकी बालिकाको आँखा, घाँटीमा चोट लागेको छ । बालिकाको परिवारले भने जबरजस्ती करणीको प्रयास गरेको आशंका गरेको छ । परिवारका अनुसार सामान किन्न गएकी बालिकालाई पसलबाट हात समातेर जबरजस्ती घरमा लिई कोठाभित्र कुटपिट गरिएको छ ।
बालिकाको अहिले कैलालीको धनगढीस्थिती माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । परिवारका अनुसार बालिकालाई बेहास अवस्थामा अस्पतालमा लगिएको थियो । घटनाबारे छानविन हुनुपर्ने परिवारको माग छ ।