काठमाडौं– ललितपुर महानगरपालिकाको प्रमुखमा चिरिबाबु महर्जन दोस्रो कार्यकालका लागि विजयी भएका छन् ।
८५ हजार ९६५ मत खसेको ललितपुर महानगरमा महर्जन ४२ हजार ७२२ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५६० मत ल्याए ।
यस्तै उपप्रमुखमा एमालेकी मन्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन् । उनले गठबन्धनको तर्फबाट उपप्रमुख उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई पछि पारेकी हुन् । शाक्यले २५ हजार ८४ मत ल्याउँदा बज्राचार्यले १८ हजार ७५२ मत ल्याए ।
Facebook Comments Box