न्युयोर्क– अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । गोलीबारीमा बालबालिका र एक शिक्षकको मृत्यु भएको बताइएको छ।
रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गर्दा उनीहरुको मृत्यु भएको राज्यका गभर्नरले जानाकारी दिए। उक्त विद्यालयमा सातदेखि ११ वर्षका बालबालिका अध्ययन गर्छन् ।
गभर्नर ग्रेग एबोटले गोलबारी गर्ने व्यक्ति पक्राउ परिसकेको बताएका छन् । कानुन पालना गराउने अधिकारीको कारबाहीमा उनी मारिएको प्रारम्भिक विवरणमा जनाइएको छ । राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।
Facebook Comments Box