काठमाडौं– ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरिबाबु महर्जनले पदभार ग्रहण गरेका छन् । बुधबार पद तथा गोपनियताको सपथ गरेपछि महर्जनले पदभार ग्रहण गरेसंगै विकेन्द्रीकरण कार्यान्वयन गर्ने एक महत्वपूर्ण निर्णय गरेका छन् ।
उनले वडाबाट गर्ने कुनै पनि निर्णयका लागि महानगरपालिकाको केन्द्रमा आउन नपर्ने निर्णय गरेका हुन् । विकेन्द्रीकरण कार्यान्वयनका लागि यो पहल गरिएको उनले बताएका छन् ।
यस्तै चक्रपथबाहिर फोहर सङ्कलन गर्न नसकेकाले अहिले महानगरले ट्रक किनेर सङ्कलन सुरु गरिने निर्णय पनि गरे । तीन सातापछि चक्रपथ बाहिर तालिका बनाएर नियमित फोहर सङ्कलन गरिने उनले बताए । उनले तेस्रो निर्णय राजस्व संकलन अनलाइनबाट गर्न प्रक्रिया बढाइने पनि निर्णय गरे ।
Facebook Comments Box