बैतडी– बैतडीको डिलाशैनी गाउँपालिकाले भारत जाने कामदारको निःशुल्क बिमा गर्ने भएको छ । गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले गाउँपालिकाबाट रोजागारीका लागि भारत जाने नागरिकको निःशुल्क दुर्घटना बिमा गर्ने निर्णय भएको बताए ।
कार्यविधि बनाएर रोजगारीका लागि भारत जानेहरुको बिमा गरिने प्रक्रिया अगाडि बढाइएको छ । रोजगारीका लागि भारत जानेहरुले सम्बन्धित वडा तथा पालिकामा आफ्नो विवरण पेश गर्ने र सोही विवरणको आधारमा दुर्घटना बिमा गरिने अध्यक्ष जोशीले बताए ।
Facebook Comments Box