काठमाडौं – आज बसेकोप्रतिनिधि सभा बैठकको नीति तथा कार्यक्रममा सम्बोधन गर्दै केपी शर्मा ओली ले भने ,”चुर्लुम्म डुबेर भ्रष्टाचार आफू गर्ने तर भ्रष्टाचारको लान्छना अरुलाई लगाउने, भ्रष्टाचार गर्न अनुकुल वातावरण बनाउन काँग्रेस सफल देखिन्छ |
बडा चर्चा गर्या सुनिन्छ वाइड बडी काण्ड, छानबिन गर्नुस् न वाइड बडी काण्ड | कसले सम्झौता गर्यो, कसले भुक्तानी गर्यो, कसले भुक्तानी सुरु गर्यो ?”
त्यस्तै, “मैले आफ्नो सम्पूर्ण चलअचल सम्पति राज्यको नाममा गर्देको छु | मैले के राज्यका नाममा सम्पति ल्याइदिनका लागि, आफ्नो सम्पति राज्यका नाममा गर्दिनका लागि भ्रष्टाचार गर्दिनु पर्ने ? के का लागि भ्रष्टाचार गर्नु पर्यो मैले ?, उनले भने “म माथि औंलो ठड्याउँन भन्दा अगाडि कुनै महानुभाव निस्किनुस न राज्यका नाममा सम्पति हस्तान्तरण गर्ने | हस्तान्तरण गर्ने कोहि निस्किनुस न | मैले के पि ओलीलाई मुखभरी जवाफ दिन भए पनि त्यति गर्नुस त ल, यहि संसदबाट गर्नुस त |”