काठमाडौं – जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा सांसद हृदेयश त्रिपाठीले नीति तथा कार्यक्रममा नीति भने कतै नभएको बताएका छन् ।
बिहीबारको संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममा उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा २०७९/८० मा कार्यक्रमहरू भए पनि नीति भने कतै नभएको बताए ।
कार्यक्रममा संशोधन प्रस्ताव राख्दै उनले स्थानीय तह निर्वाचनमा दलविहीन भयो भने जनताले सही र उचित व्यक्तिलाई मत हाल्न पाउने जानकारी दिए ।
उनले ६ वटा बुँदामा प्रस्ताव राख्दै कृषि, बैङ्क, महालेखा, निजामती विधेयक, नागरिकतासम्बन्धी ऐन, परीक्षण लगायतका विषयमा संशोधन प्रस्ताव राखेका छन् ।
Facebook Comments Box