काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाला सुन तोलामा दुईसय रुपैयाँले बढ्दै ९८ हजार रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा दुईसय रुपैयाँले नै बढ्दै ९७ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढ्दै आज एकहजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
Facebook Comments Box