काठमाडौं – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण आगामी सोमबार हुने भएको छ ।
भोलि (शनिबार) र पर्सी (आइतबार) सार्वजनिक बिदा भएकाले बालेन साहले मेयरको कुर्सीमा बस्न थप तीन दिन प्रतीक्षा गर्नुपर्ने भएको हो ।
काठमाडौँको मतगणना हिजो राति सकिएको थियो । राति नै निर्वाचन आयोगले परिणाम घोषणा गर्यो भने आज बिहान मेयर बालेन्द्र साहलाई औपचारिक बधाई दियो । त्यसपछि बालेनको विजयोत्सव चलिरहेको छ ।
उपमेयरमा निर्वाचित सुनिता डङ्गोलको पनि आज संक्षिप्त र्याली थियो । भोलि उनीसहित काठमाडौँमा एमालेबाट निर्वाचितहरुको औपचारिक धन्यवाद र्याली निकाल्ने तयारी छ ।
सोमबार महानगरपालिकामा शपथग्रहणपछि मेयर बालेन साह र उपमेयर सुनिता डङ्गोलले औपचारिकरुपमा पदभार ग्रहण गर्ने छन् । उनीहरुको कार्यकाल पाँच वर्षको छ ।
Facebook Comments Box