दार्चुला– दार्चुलामा शिक्षकद्वय नरेन्द्र सिंह बडाल र लोकेन्द्रबहादुर बमको संयुक्त लेखनमा प्रकाशित भएको मुक्तक संग्रह शुक्रबार बिमोचन भएको छ ।
दार्चुला सदरमुकाम खलंगामा जारी बृहत् साहित्य महोत्सवको अवसरमा उक्त मुक्तक संग्रह ‘छुटेका यादहरु’ बिमोचन गरिएको हो । दार्चुला बृहत् साहित्य महोत्सवको अवसरमा महाकाली नगरप्रमुख नरसिंह चैसिरले मुक्तक संग्रहको बिमोचन गर्नुभयो । लेखक बडाल व्याँस गाउँपालिका ४ का स्थायी बासिन्दा हुन् भने बम दुहुँ गाउँपालिका २ का बासिन्दा हुन् ।
बडालले यसअघि असफल यात्री कथा संग्रह र कुहिरोको काग उपन्यास प्रकाशित गर्नुभएको छ । यस्तै लेखक बमले संसार फेर्ने हाम्रा आवाजहरु कविता संग्रह र को हुन भगवान् निबन्ध संगह प्रकाशित गर्नुभएको छ । दुई दिनसम्म चल्ने साहित्य महोत्सवमा देशभरका साहित्यकारहरु सदरमुकाम खलंगा पुगेका छन् ।
साहित्य महोत्सवको महाकाली नगरप्रमुख नरसिह चैसिरले उद्घाटन गर्नुभएको छ ।दार्चुलाको संस्कृति र साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नको लागि पहिलो पटक बृहत् साहित्य महोत्सवको सुरुवात गरिएको हो ।
साहित्य महोत्सवमा बोल्दै नगरप्रमुख चैसिरले दार्चुलाको साहित्य र संस्कृतिको चिनाउन नगरपालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।